०६ आषाढ २०८३, शनिबार

पानीका मुहान सफा गर्दै नेवार समुदायद्वारा सिथि नखः पर्व मनाउँदै

Logo
Pulse Khabar शनिबार, आषाढ ०६, २०८३

काठमाण्डौ : नेवार समुदायले आज सिथि नखः पर्व मनाउँदैछन् ।

जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठीका दिन आज कुमार कार्तिकेय र गणेशको पुजा गर्ने परम्परा छ ।सिथि नखःको दिन आज नेवार समुदायले वर्षा शुरु हुनु अघि पानीका स्रोतहरु सफा गर्ने परम्परा छ । आजका दिन पानीका मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गर्छन् ।वर्षातको बेला बगेर आउने भेल र फोहर पानीले खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनेर पानीको मुहान र स्रोतको वरिपरि सरसफाइ गरी गर्नु नै यो पर्वको बिशेषता हो । यो पर्वसँगै वर्षा शुरु हुने र किसानले वर्षभरको महत्वपुर्ण काम धान रोपाइँ थाल्ने गर्छन् ।

यस पर्वलाई नेवार समुदायले वर्षको अन्तिम चाडको रुपमा समेत मनाउने गर्छन् । नेवार समुदायमा ऋतु अनुसारको चाडपर्व र चाडपर्व अनुसारका पकवान खाने प्रचलन रहेको छ । आजको दिन घरघरमा मास, मुग, केराउलगायत बिभिन्न अन्नको बारा र चामलको पिठोको चटामरी बनाएर खाने परम्परा छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206