०५ आषाढ २०८३, शुक्रबार

स्वास्थ्यमा नयाँ इतिहास: आँबुखैरेनी गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषित

Logo
Pulse Khabar शुक्रबार, आषाढ ०५, २०८३

तनहुँ:  जिल्लाको आँबुखैरेनी गाउँपालिका कार्यालयलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ ।

गाउँपालिका मातहत रहेका छ वटा वडामा रहेका ७८९(सात सय उनान्नब्बे) जना बालबालिकालाई १५ महिनाभित्रका सबै खोप पूरा गरेपछि पूर्ण खोप पालिका घोषणा गरेको हो ।पाँच वर्ष मुनिका बालबालिका भएका घरको सर्वेक्षण गरी सबै खोप पूरा भए नभएको खोप कार्ड हेरिएको आँबुखैरेनी स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सर्वेक्षणका क्रममा आँबुखैरेनी बजारका चार जना भारतीय व्यापारीका छोराछोरीमा खोप पूरा नगरेको पाइएपछि आँबुखैरेनी अस्पतालमा ल्याई खोप लगाइएको थियो ।” फागुन र चैत महिनामा नौ वटा स्वास्थ्य संस्थाका १६ जना स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सहयोगमा घरधुरी सर्वेक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गर्न स्वास्थ्यकर्मी र स्वयंसेविका महिलाको भूमिका अतुलनीय रहेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।

उक्त छवटै वडाका वडाध्यक्ष र स्वास्थ्यकर्मीलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयका खोप अधिकृत शङ्करबाबु अधिकारीले बालबालिकाको रोग निवारण, उन्मुलन र रोकथामका लागि खोपको महत्वपूर्ण रहेको बताउनुभयो ।उहाँले भन्नुभयो, “खोप सुरक्षित र शक्तिशाली भएका कारण बाल मृत्युदर न्यून बन्दै गएको छ ।” जिल्लाका १० वटै पालिका पूर्ण खोप घोषणा भइसकेको र छिट्टै सार्वजनिक गर्ने योजना रहेको छ । भौगोलिक विकटता र अज्ञानका कारण अझै पनि कतिपय स्थानमा बालबालिकालाई खोप लगाउन छुटेको हुनसक्छ त्यसतर्फ स्वास्थ्यकर्मी सचेत बन्न खोप अधिकृत अधिकारीले आग्रह गर्नुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206