०५ आषाढ २०८३, शुक्रबार

मौसमको नयाँ रेकर्ड : प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

Logo
Pulse Khabar बिहिबार, आषाढ ०४, २०८३

काठमाण्डाै : यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन भएको छ ।

प्रि–मनसुन सिजनमा नेपालमा औसत २२६ दशमलव ३ मिलिमिटर पानी पर्ने गर्छ । तर यस वर्ष औसतको १४५ दशमलव ५ प्रतिशत अर्थात् ३३९ दशमलव ७ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागले सन् १९८१ (उन्नाइस सय एकासी) देखि १२६ वटा वर्षामापन केन्द्रको तथ्याङ्कलाई आधार मानी प्रि–मनसुनको विश्लेषण गर्दै आएको छ । यसअघि प्रि–मनसुनको समयमा औसतभन्दा माथि सबैभन्दा धेरै पानी सन् १९९० (उन्नाइस सय  नब्बे) मा परेको रेकर्ड गरिएको थियो ।

अहिलेको वर्षाले सन् १९९० (उन्नाइस सय  नब्बे) को रेकर्डलाई पनि तोडेको छ । यसरी हेर्दा नेपालमा प्रि–मनसुनको विश्लेषण शुरू भएयताकै सबैभन्दा धेरै पानी परेको हो ।यसअघि सन् २०२१, २०२०, २००० र १९९० (उन्नाइस सय  नब्बे) मा पनि प्रि–मनसुनमा ३१५ मिलिमिटरभन्दा धेरै पानी परेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206