०४ आषाढ २०८३, बिहिबार

‘प्राकृतिक तथा मानवीय विपत्तिको सामना गर्न सामुहिक प्रयास आवश्यक’

Logo
Pulse Khabar बिहिबार, आषाढ ०४, २०८३

कर्णाली:कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्राकृतिक तथा मानवीय विपत्तिको सामना गर्न सामुहिक प्रयास आवश्यक भएको बताउनुभएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रदेश ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठी २०८३’ कार्यक्रममा मुख्यमन्त्री कँडेलले चालक तथा यात्रुको लापरवाहीका कारण दैनिक दुर्घटनाको सामना गर्नुपरेको बताउनुभयो ।

मुख्यमन्त्री कँडेलले भन्नुभयो, “सुविधा सम्पन्न मानिएको कर्णाली प्रदेशको राजधानी सुर्खेत सवारी दुर्घटनाका हिसाबले सबैभन्दा बढी जोखिममा छ । उपभोग गर्नुपर्ने अधिकार र पुरा गर्नुपर्ने कर्तव्य दुवैप्रति हरेक नागरिक सचेत हुनुपर्दछ । नियम पालन गर्ने परिपाटी कमजोर हुँदै जाँदा मानव समाजले जोखिमको सामना गर्नुपरेको छ । यसतर्फ सबै सजग हुनैपर्छ ।”

मुख्यमन्त्री कँडेलले कर्णालीमा ‘रेस्क्यू भ्यान’ व्यवस्थापनका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि काम अगाडि बढाउने विश्वास दिलाउँदै कर्णाली राजमार्ग २४सै घण्टा सञ्चालनमा आउने गरी काम गर्न प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटलाई निर्देशन दिनुभयो ।

गोष्ठीमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले ट्राफिक बत्तीका साथै नगर उज्यालो तथा फुटपाथ व्यवस्थित गर्ने कार्यमा नगरपालिकाले जोड दिएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले इमान्दारलाई भर र बेइमानीलाई डर लाग्ने सिद्धान्तमा आधारित भएर काम गर्न सुझाउनुभयो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले सरोकारवालालाई एकै ठाउँमा राखेर सतहमा देखिएका सबै समस्या समाधान गर्न र नागरिकदेखि उच्च तहमा रहनेलाई आफ्नो कर्तव्यप्रति बोध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206