०४ आषाढ २०८३, बिहिबार

प्रेस स्वतन्त्रतासम्बन्धी संवैधानिक अधिकारको पूर्ण कार्यान्वयन हुनुपर्ने

Logo
Pulse Khabar बिहिबार, आषाढ ०४, २०८३

वीरगञ्ज: विभिन्न राजनीतिक दलका नेता तथा सञ्चार क्षेत्रका विज्ञहरुले प्रेस स्वतन्त्रतासम्बन्धी संवैधानिक अधिकारको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।

मिडिया काउन्सिल मधेस प्रदेशले यहाँ आज आयोजना गरेको ‘स्वच्छ, विश्वसनिय र मर्यादित पत्रकारिताका लागि आचारसंहितासम्बन्धी अभिमुखिकरण’ कार्यक्रममा उहाँहरुले संविधानको प्रस्तावनामा उल्लेख ‘पूर्ण प्रेस स्वतन्त्रता’लाई व्यावहारिक रुपमा पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु रावतले मुलुकमा परिवर्तनको हरेक सङ्घर्षमा पत्रकारको अतुलनीय योगदान रहेको उल्लेख गर्दै अबका दिनमा पनि परिवर्तनका पक्षमा लाग्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “मिडियाले आफ्नो विश्वसनियता कायम राख्नुपर्छ, दबाब र प्रभावमा पर्नु हुँदैन, आफ्नो गरिमा कायम राख्नुपर्छ ।”

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले मर्यादित र जिम्मेवार पत्रकाररिताका निम्ति पत्रकारले अनिवार्य रुपमा आचारसंहिता पालना गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “हामीले प्रेस स्वतन्त्रताको कुरा गर्दैगर्दा आफ्नो कर्तव्य बिर्सनु हुँदैन, आचारसंहिता पालना गर्दै सत्यतथ्य, विश्वसनिय र जिम्मेवार पत्रकारितामा ध्यान दिन जरुरी छ ।”

नेपाल पत्रकार महासङ्घका सचिव अशोक तिवारीले सरकारले सञ्चारमाध्यमलाई दिने विज्ञापनलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जाराले पत्रकार आचारसंहिताबारे टीकाटिप्पणी र प्रश्न उठिरहेका बेला पत्रकारिता क्षेत्रलाई शुद्धीकरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले पछिल्लो समयमा पत्रकारितामा पेसागत चुनौती बढ्दै गएको उल्लेख गर्दै समाचार लेखेकै कारण पत्रकार पीडित हुन नहुने बताउनुभयो । मिडिया काउन्सिल मधेस प्रदेशका कार्यवाहक अध्यक्ष बन्दना झा, पत्रकार दीपेन्द्र चौहान, ऋषि लामिछानेलगायतले पत्रकार आचारसंहिता कार्यान्वयनमा जोड दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206