०४ आषाढ २०८३, बिहिबार

बूढीगंगाको स्वास्तिक ओयल उद्योगमा आगलागी, २५ लाख बराबरको क्षति

Logo
Pulse Khabar बिहिबार, आषाढ ०४, २०८३

विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका–५ स्थित एउटा तेल उद्योगमा आगलागी भएको छ । स्वास्तिक ओयल इण्डष्ट्रिज प्रालिमा आगलागी हुँदा करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार साँझ ५ बजेतिर उद्योगको माथिल्लो तलामा आगलागी भएको थिाये । तेल प्लान्टमा अत्यधिक तापक्रमका कारण आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।आगलागी भएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नेमुवाबाट प्रहरी नायब निरीक्षक खड्ग राई नेतृत्वको टोली घटनास्थल पुगेको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, उद्योगका कामदार, दुहबी नगरपालिकाको दमकल तथा विराटनगर महानगरपालिकाको दमकलको संयुक्त प्रयासमा साँझ ६ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

आगलागीबाट तेल प्लान्टमा जडान गरिएका विभिन्न मेसिन, वायरिङ तार, इन्सुलेशन सामग्री, जस्तापाता लगायत जलेर नष्ट भएका छन् । घटनाबाट अनुमानित २५ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रहरीले जनाएको छ ।प्रहरीमा अनुसार आगलागीमा कुनै मानवीय क्षति भएको छैन । घटनाको थप विवरण संकलन गरेर अनुसन्धान अघि बढाइएको जानकारी प्रहरीले दिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206