०३ आषाढ २०८३, बुधबार

एभरेष्ट बैंक र नागरिक लगानी कोषबीच द्विपक्षीय सम्झौता

Logo
Pulse Khabar बुधबार, आषाढ ०३, २०८३

काठमाडौँ:  नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच बैंकका कर्मचारीको अवकाश कोष व्यवस्थापन तथा सञ्चालन गर्ने सम्बन्धमा आज द्विपक्षीय सम्झौता भएको छ ।

सम्झौतामा कोषकोतर्फबाट निर्देशक नवराज खड्का र बैंककोतर्फबाट प्रमुख वित्तीय अधिकृत राजन कायस्थले हस्ताक्षर गर्नुभयो । सम्झौतामा बैंकका स्थायी, अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीको योगदानमा आधारित वा गैरयोगदानमा आधारित उपदान कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन र कार्यान्वयन कोषले गर्ने उल्लेख छ ।कोषले सहभागी कर्मचारीको व्यक्तिगत खाता तयार गरी परिचयपत्र उपलब्ध गराउने, बैंकबाट प्राप्त रकम र विवरणअनुसार खाता अद्यावधिक गर्ने तथा बैंकको सिफारिसमा सेवानिवृत्त कर्मचारीलाई नियमानुसार कर कट्टा गरी अवकाश रकम भुक्तानी गर्ने कार्य गर्नेछ ।

साथै, कर्मचारीले कोषमा योगदान गरेको रकमबाट आर्जन गरेको ब्याज, प्रतिफल तथा अन्य अतिरिक्त सुविधा कोषको नियममा उल्लेख भएअनुसार पाउनेछन् । सम्झौताअनुसार आयकर ऐन, २०५८ बमोजिम स्वीकृत अवकाश कोषमा रहेका कर्मचारीको साविकको रकम र बहाल रहेका कर्जासमेतलाई कोषमा रकमान्तर गरी समायोजन गरिने सम्झौतामा उल्लेख छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206