०१ माघ २०८२, बिहिबार

चोरी गर्न गएका छिमेकीले गरे वृद्धाको हत्या

Logo
Pulse Khabar बिहिबार, जेठ १७, २०८१

झापा । चोरी गर्न गएका छिमेकीले गरगहना लुटपाट गर्दै झापा बिर्तामोड नगरपालिका–४ शिवनगर निवासी ६७ वर्षीया विष्णुकुमारी बिष्टको हत्या गरेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले घटना भएको २३ दिनपछि घटनामा संलग्न पाँच जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । प्रहरीले हत्या आरोपमा घटनाका योजनाकार बिर्तामोड–४का २३ गंगाप्रसाद राजवंशी, उनकी श्रीमती २० वर्षीया वर्षा राजवंशी, २३ वर्षीय महेश राजवंशी, चोरी गरेको गरगहना बेच्न सहयोग गर्ने बिर्तामोड–४ का ३३ वर्षीय ज्याक भन्ने भगीरथ माझी र चोरीको सामान किन्ने अर्जुनधारा नगरपालिका– ६ स्थित हनुमान सुन–चाँदी पसलका सञ्चालक धनबहादुर कामी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिनुभयो ।

बैशाख २५ राति उनीहरुले विष्णु कुमारीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी केसीले बताउनुभयो ।

उनीहरुलाई बुधबार केन्द्रीय अनुसन्धान ब्युरो, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले विशेष अनुसन्धान गरी पक्राउ गरेको उहाँको भनाई छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206