०३ आषाढ २०८३, बुधबार

नोक्सानी खप्न नसकेपछि चिया उद्योग बन्द गर्ने निर्णय

Logo
Pulse Khabar बुधबार, आषाढ ०३, २०८३

बनियानी : नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीहरूले भोलि असार ४ गतेदेखि अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्ने जनाएका छन् ।

भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियम ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ (एसओपी) का कारण नेपाली चिया भारततर्फ निर्यात हुन नसकेपछि यहाँस्थित चिया उद्योगीले उक्त कदम चालेका हुन् । नेपालमा उत्पादित सिटिसी तथा अर्थोडक्स चियाको वार्षिक कारोबार करिब रु १२ देखि रु १४ अर्ब रहेको र त्यसमध्ये करिब रु पाँच अर्ब बराबरको चिया भारत निर्यात हुने गरेको नेपाल चिया उत्पादक सङ्घका महासचिव शुक्र दाहालले बताउनुभयो ।नेपाल चिया उत्पादक सङ्घ झापाले आज भद्रपुरमा पत्रकार सम्मेलनको आयोजना गरी भोलिदेखि चिया उद्योग र चिया बगान बन्द गर्ने जनाउ दिएका छन् ।

उहाँले विकल्पमा बङ्गलादेश, पाकिस्तानलगायतका तेस्रो मुलुकमा चिया निर्यात गर्न सकिने बताउनुहुँदै त्यसतर्फ निर्यातका लागि पहल गरिदन पराजुलीले सरकारसँग माग गर्नुभयो । चिया क्षेत्रले करिब ६० हजार श्रमिक तथा कर्मचारीलाई रोजगारी प्रदान गरेको छ, भने वार्षिक रु एक अर्ब राजस्व बुझाउँदै आएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206