०३ आषाढ २०८३, बुधबार

चिया निर्यातको समस्या समाधानमा कूटनीतिक प्रयास जारी: उद्योगमन्त्री

Logo
Pulse Khabar बुधबार, आषाढ ०३, २०८३

काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले इलाम तथा झापामा उत्पादित चिया भारत निर्यातमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास भइरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले चिया तथा अलैँचीलगायत कृषि उपजको भण्डारण र बजारीकरणमा विशेष योजना बनाइएको बताउनुभयो ।“स्थानीय कृषि उपजको बजारको पहुँच अभिवृद्धि गर्न सम्बन्धित क्षेत्रका व्यवसायीसँगको लागत साझेदारीमा गोदाम घर निर्माणका लागि स्रोत व्यवस्थापन भइरहेको छ”, मन्त्री कुमारीले भन्नुभयो ।दैलेखस्थित पेट्रोलियम अन्वेषण परियोजनाको ड्रिलिङ पूरा भई अन्तिम प्रतिवदेन प्राप्त हुने क्रममा रहेको जानकारी दिँदै उहाँले प्रतिवेदनको सुझाव अनुरुप सरकारले थप कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । “धौवादी फलाम खानी सञ्चालनका लागि ‘मोडालिटी’ तय गरी विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने कार्य अघि बढाइनेछ”, उहाँले भन्नुभयो ।

मन्त्री कुमारीले तीन महिनाको माग धान्ने गरी पेट्रोलियम पदार्थको भण्डारण क्षमता अभिवृद्धि गर्ने लक्ष्यअनुसार काम भइरहेको स्पष्ट पार्नुभयो । सिलगुडी–चारआली र मोतिहारी–अमलेखगन्ज–लोथर अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माण परियोजना अघि बढेको जानकारी दिँदै उहाँले सर्लाहीमा पेट्रोलियम पदार्थको भण्डारणस्थल निर्माणका लागि जग्गा व्यवस्थापन भएको र अन्य प्राविधिक कार्य नेपाल आयल निगमले गरिरहेको बताउनुभयो । “औद्योगिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत कञ्चनपुरस्थित दैजीछेला औद्योगिक क्षेत्रमा पहुँच सडक स्तरोन्नति गरी औद्योगिक क्षेत्र निर्माण गरी उद्योगीलाई स्थान उपलब्ध गराउने कार्य अघि बढेको छ”, मन्त्री कुमारीले भन्नुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206