काठमाडौँ: स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
सुन तोलामा रु एक हजार २०० र चाँदी रु १० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ९७(सन्तान्नब्बे) हजार ३०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु चार हजार ९८० ( नौ सय असी) कायम भएको छ । हिजो मङ्गलबार एक तोला सुनको मोल रु दुई लाख ९८(अन्ठान्नब्बे) हजार ५०० र चाँदी रु चार हजार ९९० (नौ सय नब्बे) मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ३४९(तीन सय उनान्चास ) र त्यति नै परिमाणको सेतो धातुको ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
