०३ आषाढ २०८३, बुधबार

सीमा क्षेत्रमा सशस्त्र प्रहरीद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Logo
Pulse Khabar मंगलबार, आषाढ ०२, २०८३

विराटनगर :सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेक्वा कंकालिनी  मोरङले सीमामा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।

आफ्नो मुख्य जिम्मेवारी सीमा सुरक्षालाई मात्र केन्द्रित नभर्ई नागरिकको स्वास्थ्योपचार र आपतकालीन उद्धारमा पनि उत्तिकै सक्रियता देखाएको छ । सशस्त्र प्रहरी युनिटले आफ्नो नियमित सुरक्षा जिम्मेवारीसँगै जनस्वास्थ्यको क्षेत्रमा पनि उत्तिकै चासो दिन्छ भन्ने सन्देश प्रवाह गर्न विराटनगर–१६ को दुर्गा मन्दिर प्राङ्गणमा १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त कार्यालयको आयोजनामा सञ्चालित यस शिविरबाट स्थानीय बासिन्दाहरू लाभान्वित भएका छन् ।उक्त स्वास्थ्य शिविरमा स्त्रीरोग, बालरोग, हाडजोर्नी रोग, आँखा रोग, जेनरल मेडिसिन लगायत सेवा उपलब्ध गराउने काम भएको थियो ।

शिविरमा सीमावर्ती क्षेत्रका २७२ जना नागरिकले स्वास्थ्य सेवा लिएका थिए । साथै शिविरमा विराट नरसिङ होमतर्फबाट डा. दीपक यादव, डा. रत्नजङ्ग शाह, डा. सुशील यादव, डा. अभिनाश यादव, डा. अम्बेदकर राय, सशस्त्र प्रहरी बल नेपाल फिल्ड अस्पताल पकली सुनसरीको प्राविधिक डा. श.प्र.नि. कुसुम श्रेष्ठ लगायतले सेवा दिनुभएको थियो । उक्त शिविरमा सशस्त्र प्रहरी बल नेपाल ३ नं. गण हेक्वा कंकालिनी मोरङका स.प्र.उ. गेहेन्द्रबहादु भण्डारी, सीमा सुरक्षा गुल्म रानी विराटनगरको स.प्र.ना.उ. तिलक ब. खड्का, सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी. दरैया मोरङका स.प्र.नि. शङ्कर कोइराला, सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी. जहदा भुटाहाका स.प्र.नि. सुमन सुवेदी, स्थानीय समाजसेवी, सशस्त्र प्रहरी बल नेपाल ३ नं. गण कंकालिनी मोरङको सुरक्षा टोली लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206