०१ आषाढ २०८३, सोमबार

स्वास्थ्यमन्त्री मेहता र जर्मन राजदूतबीच भेटवार्ता, द्विपक्षीय हितका विषयमा छलफल

Logo
Pulse Khabar सोमबार, आषाढ ०१, २०८३

काठमाडौं :स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक सहयोग मन्त्रालयको दक्षिण एसिया विभाग तथा विकासका प्रमुख बारबरा शेफरसहित नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले आज शिष्टाचार भेटघाट गरे ।

सो अवसरमा दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको मन्त्रालयमा सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार जर्मन सरकारले नेपालको स्वास्थ्य क्षेत्रमा गरिरहेको पूर्वाधार निर्माणका साथै विभिन्न परियोजनामार्फत भएको सहयोगका लागि मन्त्री मेहताले प्रशंसा गरे ।सो अवसरमा जर्मनी सरकारका तर्फबाट राजदूत भोल्जले हालको परिस्थितिमा सरकारको प्राथमिकताका क्षेत्रमा अझ सहयोग र साथ रहने प्रतिबद्धता व्यक्त गरे । भेटघाटमा जर्मनका तर्फबाट केएफडब्ल्यु जिआइजेड र पिटीआई नेपालमा कार्यरत संस्थाका प्रमुख एवं प्रतिनिधिहरू सहभागी थिए ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206