काठमाडौँ:स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु पाँच हजारले बढेको छ ।
आइतबार प्रतितोला रु दुई लाख ९३(त्रियान्नब्बे) हजार २०० मा कारोबार भएको छापावाल सुन आजका लागि भने रु दुई लाख ९८(अन्ठान्नब्बे ) हजार २०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार भने प्रतितोला रु दुई लाख ९२(बयान्नब्बे) हजारमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य तोलामा रु १२० ले बढेको छ । आइतबार प्रतितोला रु चार हजार ८९५(आठ सय पन्चानब्बे) मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु पाँच हजार १५ निर्धारण भएको छ । शुक्रबार चाँदी प्रतितोला रु चार हजार ८४० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार ३२९ दशमलव ४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
