३१ जेठ २०८३, आइतबार

असारका लागि अधिकांश बैङ्कको ब्याजदर यथावत्: ६ बैङ्कद्वारा ब्याजदरमा कटौती

Logo
Pulse Khabar आइतबार, जेठ ३१, २०८३

काठमाण्डौ :असार महिनाका लागि अधिकांश बैङ्कहरूले ब्याजदर स्थिर राखेका छन् ।

सञ्चालनमा रहेका २० मध्ये १७ वाणिज्य बैङ्कले सार्वजनिक गरेको ब्याजदर अनुसार ११ वटाले व्यक्तिगत निक्षेपमा दिने अधिकतम ब्याजदरलाई स्थिर राखेका छन् ।त्यस्तै ६ वटा बैङ्कले ब्याजदर घटाएका छन् । ब्याजदर घटाउनेमा लक्ष्मी सनराइज, एनआइसी एसिया, स्ट्याण्डर्ड चार्टर्ड, प्राइम, हिमालयन र एनएमबी बैंक रहेका छन् । असारमा वाणिज्य बैङ्कहरूबाट व्यक्तिगत मुद्दतीमा अधिकतम ४.७५ प्रतिशत ब्याज पाइने भएको छ । एनएमबी र राष्ट्रिय वाणिज्य बैङ्कले सबैभन्दा धेरै ब्याजदर दिने भएका छन् ।

जेठमा औसत ब्याजदर ४.३४ प्रतिशत रहेकोमा असारमा यस्तो औसत ब्याजदर ४.२७ प्रतिशत छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट सबैभन्दा कम ३.९५ प्रतिशत मात्रै ब्याजदर पाइने भएको हो ।नबिल, कुमारी र नेपाल एसबीआई बैंकको विवरण प्राप्त भएको छैन ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206