२९ जेठ २०८३, शुक्रबार

दैनिक २ घण्टाभन्दा धेरै सामाजिक सञ्जाल प्रयोग गर्ने बालबालिका मानसिक रोगको उच्च जोखिममा

Logo
Pulse Khabar शुक्रबार, जेठ २९, २०८३

अस्ट्रेलियामा भएको एक दशक लामो अध्ययनले दैनिक २ घण्टाभन्दा धेरै सामाजिक सञ्जाल प्रयोग गर्ने किशोरकिशोरीहरूले डिप्रेशन लगायतका मानसिक रोगको उच्च जोखिमको सामना गर्ने गरेका पत्ता लगाएको छ ।

१२ देखि १८ वर्षको उमेरमा उच्च सामाजिक सञ्जालको प्रयोगले १ वर्षपछि मानसिक स्वास्थ्य समस्यामा वृद्धि भएको देखिएको अस्ट्रेलियाको मर्डोक चिल्ड्रेन रिसर्च इन्स्टिच्युट (एमसीआरआई) को प्रतिवेदनलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।अस्ट्रेलियाको मेडिकल जर्नलमा प्रकाशित यस प्रतिवेदनले मेलबर्नमा ९ देखि १९ वर्ष उमेर समूहका झन्डै १ हजार २०० जना सहभागीको बीचमा अध्ययन गरेको थियो । अध्ययनका लागि एमसीआरआईले सन् २०२५ मा १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्ध लगाउनुअघि तथ्याङ्क सङ्कलन गरेको जनाएको छ ।अनुसन्धानकर्ताहरूले उच्चस्तरको मानसिक स्वास्थ्य समस्या, साइबर बुलिङ र सामाजिक सञ्जाल प्रयोगसँग सम्बन्धित हानिकारक अनलाइन सामग्रीको सम्पर्कले व्यापक चिन्ता बढाएको बताएका छन् ।

अध्ययनका अनुसार यसको प्रभाव १२ देखि १३ वर्ष उमेर समूहका किशोरीहरूमा सबैभन्दा धेरै देखिएको थियो । यद्दपि किशोरकिशोरी दुवैमा उच्च जोखिम देखिएको अध्ययनमा उल्लेख छ ।अस्ट्रेलियाको मर्डोक चिल्ड्रेन रिसर्च इन्स्टिच्युट (एमसीआरआई) को अघिल्लो अनुसन्धानले झन्डै तीन चौथाइ अस्ट्रेलियाली किशोरकिशोरीहरूले मानसिक रोग तथा चिन्ताको अनुभव गरेको जनाएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206