०१ माघ २०८२, बिहिबार

आँखा झिम्क्याएको निहुँमा ट्राफिक प्रहरीको हत्या : नाबालकसहित ७ जना पक्राउ

Logo
Pulse Khabar आइतबार, जेठ ०६, २०८१

काठमाडौं । ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न एक नाबलक सहित ७ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

३२ वर्षीय घिमिरे खोटाङको मझुवागढी नगरपालिका १ घर भइ हाल काठमाडौं टोखा १० गोंगबुको गणेस्थान बस्दै आएका थिए ।

उनीहरुलाई काठमाडौं १६ अष्टनारायण हलपछि र बाइसधारा जंगलबाट भाग्न लागेको अवस्थामा एक राउण्ड हवाई फायर गरी पक्राउ गरिएको प्रहरीले बताएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले उपत्यकाका सडकपेटी र निमार्णाधिन घरहरुमा बस्दै आएका ७ जना पक्राउ गरिएको बताउनुभयो ।

पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण १ का २१ वर्षीय आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर गाउँपालिकाकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जाको आँधीखोला ३ की २१ वर्षीया विपना वसन्ती भन्ने वसुन्धरा कार्की, ५६ वर्षीया नुनमाया कार्की, नुवाकोटाको ओखरेका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक, इन्द्रावती का ३० वर्षीय दोर्जे अमृत तामाङ, एक जना १३ वर्षको नाबालक रहेको बताउनु भयो ।

अञ्जली अस्वस्थ भएको भन्दै माथिसम्म पु¥याइदिन आग्रह गरेको र एउटै मोटरसाइकलमा गएर तारकेश्वर ९ मनमैजूमा बसिरहेका उनीहरुले घिमिरेको बेल्ट विभिन्न हतियारको प्रयोग गरी हत्या गरेको देखिएको बताउनु भयो ।

एकै खाजाघरमा खाजा खाँदै गर्दा अञ्जलीलाई आँखा झिम्क्याएको सचिन बताएका छन् । खाजाघरमा आखाँ झिम्काएको निहुँमा त्यहाँबाट सुरु भएको हुन सक्ने उहाँले बताउनुभयो ।  घिमिरेको हत्या हुनुमा लुटपाट, महिलासँगको विवाद लगायतका कारण हुनसक्नेतर्फ अनुसन्धान अघि बढेको बताउनु भयो ।

ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रवार काठमाडौंको तारकेश्वर–९ मनमैजुमा शङ्कास्पद अवस्थामा फेला परेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206