१७ बैशाख २०८२, बिहिबार

काँग्रेसले संसदमा मुठभेट गर्न चाहेको छ : प्रमुख सचेतक वर्ताैला

Logo
Pulse Khabar शनिबार, जेठ ०५, २०८१

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्ताैलाले नेपाली काँग्रेसले संसदमा मुठभेडमा लैजान चाहेको आरोप लगाउनुभएको छ ।

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले गत जेठ ३ गते बिहीवार संसद अवरोध गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि दुव्र्यवहारको प्रयास गरेको उल्लेख गर्दै उहाँले काँग्रेसले संसदमा उदण्ड, अभद्र, अशिष्ट र अमर्यादित ढंगले प्रश्तुत भएर मुठभेडमा लैजान चाहेको जिकिर गर्नुभएको हो ।

आज काठमाडौंमा आयोजित युवा विषयक विचार गोष्ठीमा बोल्दै प्रमुख सचेतक बर्तौलाले पार्टी अध्यक्ष ओलीमाथि काँग्रेस उपसभापति गुरुङले संसदमा उदण्ड व्यवहार प्रदर्शन गरेर संसदीय मूल्य, मान्यताको नै खिल्ली उडाएको बताउनु भयो ।

उहाँले संसदमा काँग्रेसले सत्तापक्षको आशनमा आएर गरिएको दुव्र्यवहारको जति निन्दा गरे पनि कम हुने बताउनु भयो । प्रमुख सचेतक बर्तौलाले सहकारीको ठगी प्रकरण फौजदारी अभियोग भएकाले त्यसलाई संसदले नभई सरकारी निकायले अनुसन्धान गर्नुपर्ने तर्क समेत गर्नुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206