२९ जेठ २०८३, शुक्रबार

१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदै क्यानडा

Logo
Pulse Khabar बिहिबार, जेठ २८, २०८३

क्यानाडा सरकारले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने डिजिटल सुरक्षा विधेयक पेश गरेको छ ।

यद्दपि निश्चित सुरक्षा मापदण्ड पूरा गर्ने सामाजिक सञ्जाल प्लेटफर्महरूलाई भने छुट दिइने समाचार संस्था रोयटर्सले जनाएको छ ।विधेयकले सुरक्षा मापदण्डहरू स्थापित गर्न डिजिटल नियामक स्थापना गरेर कृत्रिम बुद्धिमत्ता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) च्याटबटहरूलाई पनि सुरक्षित बनाउने लक्ष्य राखेको एक सरकारी अधिकारीलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।कानूनको पालना नगर्ने सामाजिक सञ्जाल कम्पनीहरूलाई विश्वव्यापी आम्दानीको ३ प्रतिशत वा अधिकतम झन्डै ७२ लाख अमेरिकी डलरमध्ये जुन धेरै हुन्छ त्यति जरिवाना हुने विधेयकमा प्रस्ताव गरिएको छ ।प्रस्तावित कानूनले युवाहरूका लागि अझ सुरक्षित डिजिटल वातावरण सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।

यो विधेयक पारित हुन झन्डै १ वर्ष लाग्न सक्ने र डिजिटल नियामक निकाय स्थापना गर्न अर्काे १८ महिना लाग्न सक्ने खबरमा उल्लेख छ । यसअघि गएको डिसेम्बरमा अस्ट्रेलिया १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विश्वकै पहिलो देश बनेको थियो । यस्तै मलेशियाले यही जुन १ देखि बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाएको छ ।विश्वका अन्य देशहरूले पनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनेबारे छलफल गरिरहेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206