२६ जेठ २०८२, सोमबार

प्रधानमन्त्री दाहालले वेबास्ता गरेको अध्यक्ष नेपालको आरोप

Logo
Pulse Khabar शनिबार, जेठ ०५, २०८१

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीति तमासा भइरहेको बताउनुभएको छ ।

आज नेकपा (माओवादी केन्द्र) को पार्टी केन्द्रिय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रिय राजनीतिमा अत्यन्त व्यस्त भएको भन्दै व्यंग्य गर्नुभयो । अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिमा आफूहरुलाई बेवास्ता गरिरहेको आरोप लगाउनु भयो ।

उहाँले राजनीतिक दिशा कतातिर जाने हो भन्ने चिन्ता रहेको बताउनु भयो । देशको राजनीति स्थिर भएर अघि बढ्नुपर्ने बताउनु भयो ।

उहाँले देशमा स्थायित्व र वामपन्थी कम्युनिष्टहरु बीचको एकता र समझदारी नयाँ उचाईमा पुग्नुपर्ने बताउनु भयो । अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई अघि बढाएर लैजाने ऐतिहासिक जिम्मेवारी आफूहरुको रहेको बताउनु भयो ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206