१७ बैशाख २०८२, बिहिबार

नेकपा एमाले सुनसरीको आठौं जिल्ला अधिवेशन सुरु

Logo
Pulse Khabar शनिबार, जेठ ०५, २०८१

इटहरी । नेकपा एमाले सुनसरीको आठौँ जिल्ला अधिवेशन आजबाट सुरु भएको छ । इटहरीमा हुने अधिवेशनको एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले उद्घाटन गर्नुभयो ।

आजबाट ३ दिन सम्म चल्ने अधिवेशनमा जम्मा ७ सय ३० प्रतिनिधि सहभागी छन् । अधिवेशनमा भूगोल र जन सङ्गठनहरूबाट प्रतिनिधि चुनिएर आएका छन ।

यसरी छनोट गर्दा प्रतिनिधिको सङ्ख्या कुनै इकाईमा ३ जना भए त्यसमा एक जना महिला अनिवार्य गरिएको छ । प्रतिनिधि छनोट गर्दा अनिवार्य ३३ प्रतिशत महिला अनिवार्य हुनु पर्ने कार्यविधिले व्यवस्था गरेको थियो । जिल्लाभर रहेका २३ वटा जनसङ्गठनहरूबाट १०१ जना प्रतिनिधि चुनिएका छन ।

पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत नेतृत्व चयनका लागि निर्देशन दिए पनि सुनसरीमा सर्वसम्मत नेतृत्व चयनको सम्भावना टर्दै गएको छ ।

सुनसरी अध्यक्षका लागि पार्टीका निलम खनाल र खेमराज पोख्रेलले आकंक्षा देखाउनुभएको छ । दुवै जनाले एक अर्काको नेतृत्व स्वीकार नगरेपछि सुनसरीको नेतृत्व छनौट चुनावी प्रक्रियाबाट हुने देखिएको छ ।

अध्यक्षको आकांक्षी खेमराज पोख्रेल यस अघि सातौँ जिल्ला अधिवेशनमा पनि पराजित हुनुभएको थियो । पोखरेल रेवतीरमण भण्डारीसँग पराजित हुनु भएको हो । निलम खनाल भने हाल उपाध्यक्ष हुनुहुन्छ ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206