२८ जेठ २०८३, बिहिबार

अवैध संस्थामा काम गरेको आरोप: ३ चिनियाँ डाक्टरको दर्ता निलम्बन

Logo
Pulse Khabar बिहिबार, जेठ २८, २०८३

काठमाण्डौ:नेपाल मेडिकल काउन्सिलले अनुमति नभएको संस्थामा आवद्ध तीन जना चिनियाँ डाक्टरहरूको अस्थायी दर्ता निलम्बन गरेको छ । अनुमति नभएको संस्थामा आवद्ध भई चिकित्सा अभ्यासमा संलग्न रहेका उनीहरूको दर्ता निलम्बन गरेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ ।

काउन्सिलले विज्ञप्ति निकालेर डा उ सिएनलिन, डा चेन सिएलिन र डा लिउ जिकिनको अस्थायी दर्ता निलम्बन गरेको जनाएको छ । ती डाक्टरहरूले भिसा सर्तविपरित अवैध संस्थामा काम गरेको पाइएकाले गैर पर्यटकीय भिसा तथा श्रम इजाजत खारेजीको लागि स्वास्थ्य मन्त्रालयमा प्रतिवेदन पेश गरेको काउन्सिलले जनाएको छ । उनीहरूले दर्ता नभएको बालुवाटारको मारिया हस्पिटलमा काम गर्दै आएका थिए ।

उजुरीपछि गएको जेठ १ गते काउन्सिलबाट गएको टोलीले निरीक्षण गरेपछि गैर कानुनी काम भएको पत्ता लागेको थियो । काउन्सिलले विना दर्ता सञ्चालित त्यस अस्पताललाई भौतिक रूपमा बन्द गर्न तथा कारबाही गर्न काठमाण्डौ महानगर, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी गरिएको जनाएको छ ।यस्तै काउन्सिलले त्यहाँ कार्यरत केही नेपाली डाक्टरलाई समेत तीन दिन भित्र स्पष्टीकरण पेश गर्न भनेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206