२३ जेठ २०८३, शनिबार

श्रमिकको सुरक्षा र अधिकारबारे दोहामा सचेतना कार्यक्रम

Logo
Pulse Khabar शनिबार, जेठ २३, २०८३

काठमाडौँ: दोहास्थित नेपाली राजदूतावासले शुक्रबार नेपाली श्रमिकका लागि सचेतना कार्यक्रमको आयोजना गरेको छ ।

नेपाली समुदायका लागि कतारको राष्ट्रिय मानवअधिकार समितिका कानुनी सल्लाहकार हमिद खानले आफ्नो प्रस्तुतिमार्फत कतारमा रहँदा पालना गर्नुपर्ने नियम, कानुनका बारेमा जानकारी दिँदै कतार बसाइका क्रममा आइपर्नसक्ने सम्भावित जोखिमहरुका बारे सहभागीहरुलाई सचेत गराउनुभएको थियो । राजदूतावासका श्रम सहचारी सीता दुवाडीले नेपालको श्रम कानुन, श्रम स्वीकृति प्रक्रिया तथा सामाजिक सुरक्षामा जोडिँदा लिन सकिने लाभका बारेमा जानकारी दिनुभएको थियो । उक्त राजदूतावासका अनुसार द्वितीय सचिव स्मारिका सुवेदीले राजदूतावासबाट प्रदान गरिने राहदानी तथा कन्सुलरसम्बन्धी सेवाबारे जानकारी दिनुभएको थियो ।

कतारस्थित हिमाल रेमिटका प्रतिनिधि वेनुप्रसाद तिम्सिनाले बैंकिङ तथा विप्रेषण सचेतनाअन्तर्गत औपचारिक माध्यमबाट विप्रेषण पठाउँदाका फाइदा तथा अनौपचारिक माध्यम प्रयोग गर्दाका जोखिमबारे सचेत गराउनुुभएको थियो । कार्यक्रमको समापन गर्दै कार्यवाहक राजदूत कुमार राईले नेपाली कामदारहरुलाई कतारको श्रम कानुनको पूर्णपालना गर्न अनुरोध गर्नुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206