२६ जेठ २०८२, सोमबार

१२ बर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा १६०० स्काउट परिचालन

Logo
Pulse Khabar शनिबार, बैशाख २९, २०८१

सुनसरी । सुनसरीको चतरामा सम्पन्न १२ बर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा १६०० स्काउट परिचालन गरिएको छ ।

सुनसरीको बराह क्षेत्र नगरपालिकामा गएको चैत २७ गतेबाट सुरु भइ बैशाख २८ गते सम्पन्न मेलामा १६०० जना स्काउट, रोभर/ रेन्जर र स्काउटरहरु स्वंसेवकका रुपमा सहभागी थिए ।

प्रदेश स्काउट कार्यालयको समन्वय र स्थानीय स्काउट कार्यालय, बराहक्षेत्र नगरपालिकाको व्यवस्थापनमा स्काउट स्वयंसेवकहरु परिचालन गरिएको हो ।

बराहक्षेत्र नगरमा संचालित स्काउट दलहरु र कोशी प्रदेशका स्काउटर र रोभर/ रेन्जरहरुले कुम्भमा सेवा उपलब्ध गराएका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नु भएको कुम्भमा स्काउट स्वयंसेवकहरुले कार्यक्रम व्यवस्थापन, श्रद्धालु भक्तजनको लाइन व्यवस्थापनमा सक्रिय सहभागिता जनाएका थिए । अन्य दिनहरुमा दैनिक विभिन्न आवश्यक क्षेत्रमा स्काउट स्वयंसेवकहरुले सेवा प्रदान गरेका हुन ।

कुम्भ मेलामा संस्थागत रूपमा सेवा प्रदान गर्न अवसर दिनुहुने  जगतगुरु बालसन्त मोहनशरण देवाचार्य महाराज, बराहक्षेत्र नगरपालिका प्रमुख एवं स्थानीय स्काउट संरक्षक श्री रमेश कार्कीज्यू प्रति कोशी स्काउटले आभार प्रकट गरेको छ ।

समाजका हरेक गतिविधिमा स्काउट स्वंयसेवामा निरन्तर लागि पर्ने स्काउट कोशी प्रदेशका अधिकृत नवराज घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206