२३ जेठ २०८३, शनिबार

लागूऔषधविरुद्ध जहदामा सचेतना अभियान: विद्यार्थीलाई ‘से नो ड्रग्स’ सन्देश

Logo
Pulse Khabar शुक्रबार, जेठ २२, २०८३

जहदा:मोरङको जहदा गाउँपालिकामा लागूऔषध दुर्व्यसनको बढ्दो जोखिमबाट युवा पुस्तालाई जोगाउने उद्देश्यले नेपाल प्रहरीको ‘लागूऔषध दुर्व्यसन विरुद्धको महाअभियान’ अन्तर्गत एक जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

लागूऔषध दुर्व्यसन न्यूनीकरण र यसका असरबारे सचेतना फैलाउन जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीले गरेको कार्यक्रममा सचेतनामूलक र्‍याली, लागूऔषधविरुद्धको नाटक तथा अन्तरक्रियामार्फत विद्यार्थी, अभिभावक र स्थानीय समुदायलाई लागूऔषधको असरबारे जानकारी गराइएको थियो ।जहदा गाउँपालिका परिसरबाट सुरु भएको र्‍याली विभिन्न जनचेतनामूलक नारासहित डन बोस्को विद्यालयसम्म पुगेको थियो ।उक्त कार्यक्रममा जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साहले सबै अभिभावकलाई आफ्ना छोराछोरीको गतिविधिमाथि निगरानी राख्न आपिल गर्दै लागूऔषध दुर्व्यसनबाट टाढा राख्न परिवारको महत्वपूर्ण भूमिका रहेको बताए ।

कार्यक्रममा मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले विद्यार्थीहरूलाई सकारात्मक सोचका साथ राष्ट्र निर्माणमा योगदान पुर्‍याउन आह्वान गरेका छन्। साथै लागूऔषधले युवा पुस्तामा पारेको नकारात्मक असरलाई मध्यनजर गर्दै प्रहरी उपरीक्षक (एसपी) कटवालले विद्यार्थीहरूलाई यस दुव्र्यसनविरुद्ध आफू मात्र नभई आफ्ना साथीभाइ र परिवारलाई समेत सचेत बनाउन आग्रह गरे। उनले लागूऔषधसम्बन्धी कुनै गतिविधिको जानकारी भए तुरुन्तै प्रहरीको १०० नम्बरमा सम्पर्क गर्न अनुरोध गरे । उनले लागूऔषधमुक्त समाज निर्माणका लागि प्रहरी, स्थानीय सरकार, विद्यालय र अभिभावकको साझा प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिए ।

 

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206