२२ जेठ २०८३, शुक्रबार

देशभर विविध सचेतनामूलक र वृक्षारोपण कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइँदै

Logo
Pulse Khabar शुक्रबार, जेठ २२, २०८३

काठमाडौँ: विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारासहित सप्ताहव्यापी रूपमा मनाउन लागिएको हो । दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ । विश्व वातावरण दिवसको मुख्य समारोहमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ । वातावरण विभागले विभिन्न सरकारी निकाय, विकास साझेदार, वातावरणविद् तथा सरोकारवाला कार्यक्रममा उपस्थिति हुने जनाएको छ ।

विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती सामना तथा प्रकृतिमैत्री विकास प्रवर्द्धनका विषयमा जनचेतना अभिवृद्धि गर्न विश्व वातावरण दिवस विशेष रूपमा मनाउन लागिएको जानकारी दिनुभयो । विश्व वातावरण दिवसका अवसरमा देशभर विभिन्न जनचेतनामूलक तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206