मैथिली भाषा, कला र संस्कृतिको संरक्षण एवं संवद्र्धनका लागि विगत लामो समयदेखि क्रियाशील संस्था मैथली विकास अभियानले विराटनगरमा ’गीत–नादः मैथिली लोकगीत प्रतियोगिताको आयोजना गर्न लागेको छ ।
बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अभियानका अध्यक्ष पत्रकार नविन कर्णले जेठ ३० गते विराटनगरको आरोहण गुरुकुलमा आयोजना गर्न लागेको प्रतियोगिताबारे जानकारी दिएका हुन्। साथै फाइनल प्रतियोगिताका लागि जेठ २३ गते अडिसनको कार्यक्रम राखिएको जानकारी दिए ।अध्यक्ष कर्णले अडिसनबाट १२ वटा उत्कृष्ट समूह छनौट गरेर फाइनल प्रतियोगितामा सहभागी गराइने साथै प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ७ हजार रुपैयाँ पुरस्कार र प्रमाण–पत्र प्राप्त गर्ने बताए । साथै सामाजिक संजाल समूहबाट टिकटकमा उत्कृष्ट हुनेलाई ५÷५ हजार नगद सहित प्रमाण–पत्र प्रदान गरिने छ ।
अध्यक्ष कर्णले गौरवमय मैथिली परम्परालाई जीवन्त राख्नका लागि आयोजना गर्न लागिएको लोकनादः मैथिली लोकगीत प्रतियोगिता सम्पन्न गर्न ३ लाख रुपैयाँ खर्च हुने जानकारी गराए ।मैथिली विकास अभियान विराटनगरका निवर्तमान अध्यक्ष एवं नेपाली कांग्रेसका युवा नेता पंकज बर्मा पत्रकार सम्मेलनमा सहभागी थिए ।
