१७ बैशाख २०८२, बिहिबार

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

Logo
Pulse Khabar बिहिबार, बैशाख २७, २०८१

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता हिक्मतकुमार कार्की नियुक्त हुनु भएको छ । एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा उहाँ मुख्यमन्त्री नियुक्त हुनु भएको हो ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि बुधबार आह्वान गरेपछि आज बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गर्नु भएको थियो ।

मुख्यमन्त्रीमा समर्थन गर्ने प्रदेश सभा सदस्यको हस्ताक्षर सनाखतपछि प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री नियुक्त भएको घोषणा गर्नुभएको थियो । झापा ५ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित कार्की एकै कार्यकालमा तेश्रो पटक मुख्यमन्त्री बन्नु भएको छ ।

एमाले कोशी प्रदेश संसदीय दलका नेता कार्की पहिलो पटक २०७९ पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।

नेपालको संविधान धारा १६८ को उपधारा (२) बमोजिम माओवादी केन्द्र र जसपाको समर्थनमा मुख्यमन्त्री हुनु भएका उहाँ २०८० भदौ २२ गते धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री हुनु भएको थियो ।

तेश्रो पटक धारा १६८ को उपधारा (५) बमोजिम आज उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206