१९ जेठ २०८३, मंगलबार

आयात परिमाण: वीरगञ्ज नाका हुँदै रु आठ अर्ब बराबरको दलहन भित्रियो

Logo
Pulse Khabar मंगलबार, जेठ १९, २०८३

वीरगञ्ज: चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै रु सात अर्ब ९७ (सन्तान्नब्बे )करोड बराबरको दलहन आयात भएको छ ।

यहाँबाट विभिन्न सात प्रकारका दलहन नेपाल आयात गरिएको हो । गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाकाबाट हुने आयातमा मूल्यको आधारमा रु दुई अर्ब २४ करोड अर्थात् २२ प्रतिशतले गिरावट आएको छ । जबकी गत आवको १० महिनामा यहाँबाट रु १० अर्ब २१ करोड मूल्यका दलहन आयात गरिएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको १० महिनामा मूल्यको आधारमा दलहनको आयात २२ प्रतिशतले कमी आएको बताउनुभयो । उहाँका यस अवधिमा रु तीन अर्ब २० करोड मूल्य पर्ने मुसुरोको दाल आयात भएकामा गत आवको १० महिनामा रु चार अर्ब ५० करोडको मुुसुरो दाल आयात भएको थियो ।

यसैगरी, चालु आवका १० महिनामा रु दुई अर्ब चार करोड मूल्य पर्ने सिसी÷राजमा आयात भएको छ । गत वर्ष सोही अवधिमा भने रु दुई अर्ब ७४ करोडकोे सिमी÷राजमा आयात भएको थियो । चालु आवको १० महिनामा रु एक अर्ब ९२(बयान्नब्बे ) करोड मूल्यको चना आयात भएको छ भने गत आवको सोही अवधिमा भने रु दुई अर्ब १७ करोडको आयात भएको थियो ।चालु आवको १० महिनामा रु ४२ करोड मूल्यको अन्य गेडागुडी आयात भएको छ भने गत आवको सोही अवधिमा रु ४५ करोड ८८ लाखको आयात भएको सूचना अधिकारी विष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206