१९ जेठ २०८३, मंगलबार

निजी अस्पताललाई बोर्डको अर्काे निर्देशन:सामान्य बिरामीलाई आकस्मिक उपचार गराए स्वास्थ्य बीमा बोर्डले भुक्तानी नदिने

Logo
Pulse Khabar मंगलबार, जेठ १९, २०८३

काठमाडौं:स्वास्थ्य बीमा बोर्डले निजी अस्पताललाई आकस्मिक उपचार गर्नुपर्ने प्रकृतिका बिरामीलाई मात्र स्वास्थ्य बीमाको सुविधा दिन परिपत्र गरेको छ ।

सामान्य विरामीलाई पनि आकस्मिक सेवा दिए स्वास्थ्य बीमा वाफतको भुक्तानी नदिने बोर्डले परिपत्र गरेको हो ।नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले यही जेठ १८ गते सबै निजी सेवा प्रदायक स्वास्थ्य संस्थाहरुको नाममा सूचना जारी गर्दै भनेको छ, ‘सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक सेवा अन्तर्गत उपचार प्रदान गरी दाबी पेश गरिएमा त्यस्ता दाबीहरुको भुक्तानी नगरिने।’

कुनै बिरामीको स्वास्थ्य अवस्थामा आकस्मिक उपचार आवश्यक पर्ने प्रकृतिको देखिएमा मात्र आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्न र त्यस्ता आकस्मिक बिरामीलाई उपचारको क्रममा भर्ना वा शल्यक्रियासमेत आवश्यक पर्ने भएमा उपचार पद्धति अनुसार उपचार गरी डिस्चार्ज गर्न बीमा बोर्डले भनेको छ । आम सेवाग्राहीहरुलाई समेत सूचनाको पूर्ण पालना गर्न भनिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206