१९ जेठ २०८३, मंगलबार

तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन हुने

Logo
Pulse Khabar मंगलबार, जेठ १९, २०८३

तुलसीपुर : तुलसीपुर उपमहानगरपालिकामा थारू भाषाको विद्यालय सञ्चालन हुने भएको छ ।

उपमहानगरपालिकाले वडा नम्बर १५ को दक्षिण कुररियामा थारू भाषाको विद्यालय सञ्चालनका लागि अनुमति प्रदान गरिएको हो । दाङ थारू समुदायको बाहुल्यता भएको जिल्ला रहेको भन्दै थारू भाषामा पठनपाठनका लागि विद्यालय सञ्चालनको अनुमति प्रदान गरिएको नगरप्रमुख टीकाराम खड्काले बताउनुभयो ।गुठीका रूपमा सञ्चालन गर्न दिनेगरी अनुमति प्रदान गरिएको नगर प्रमुखको भनाय छ । स्थानीय रोहित चौधरीले तीन वर्षअघि थारू भाषाको विद्यालय सञ्चालनको अनुमतिका लागि उपमहानगरपालिकामा माग गर्नुभएको थियो ।सोही निवेदनमाथि उपमहानगरपालिकाको ४७औँ कार्यपालिका बैठकले निर्णय गरेको हो । अहिलेसम्म जिल्लामा थारू समुदायका लागि गुठीअन्तर्गत छुट्टै विद्यालय सञ्चालनमा छैन । उक्त विद्यालयलाई थारू भाषाबाट पढाउनका लागि उपमहानगरपालिकाले स्वयंसेवक शिक्षक पनि उपलब्ध गराउने नगरप्रमुख खड्काले बताउनुभयो । सबै थारू समुदायका विद्यार्थी त्यही पढ्न गएमा आवासीयसमेत बनाउन सकिने उहाँको भनाइ छ ।

उपमहानगरपालिकाले देशमै यो नयाँ अभ्यास थालेको नगरप्रमुख खड्काले बताउनुभयो ।राष्ट्रिय जनगणना २०७८ अनुसार दाङको तुलसीपुरमा २१ प्रतिशत थारू समुदायको बसोबास छ । जहाँ ३८ हजार ३२५ जनसङ्ख्या रहेको छ । तुलसीपुरमा सबैभन्दा बढी क्षेत्रीको ३५.३ प्रतिशत र त्यसपछि थारू समुदायको जनसङ्ख्या छ । यसअघि वीरेन्द्र मावि भ्यूडहर सुनपुरमा मगर भाषाको कक्षा सञ्चालनमा थियो । भाषागत कक्षालाई स्थानीय पाठ्यक्रममा समावेश गरेर पनि पढाउन सकिने उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206