१८ जेठ २०८३, सोमबार

नेपाल-चीन स्वास्थ्य सहकार्य: स्वास्थ्यमन्त्री मेहता र चिनियाँ राजदूतबीच छलफल

Logo
Pulse Khabar सोमबार, जेठ १८, २०८३

काठमाडौँ: स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि चिनियाँ राजदूत चाङ माउमिङले शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरवारस्थित मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच दुई देशबीचको घनिष्ट सम्बन्धका विषयमा छलफल भएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो । मन्त्री मेहताले चीन सरकारले नेपाललाई पुर्‍याउँदै आएको सहयोग र स्वास्थ्य क्षेत्रका विभिन्न परियोजनामा भएको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले चीनले गरेको विकासबाट नेपालले पाठ सिकेर योजनासहित काम गर्ने बताउनुभयो ।

राजदूतले राजदूत चाङले नेपालको आर्थिक एवं सामाजिक विकासमा वर्तमान सरकारले उल्लेख्य सफलता हासिल गर्न सकोस् भनी कार्यकालको शुभकामना व्यक्त गर्नुभएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो । उहाँले चीन सरकार नेपाल सरकारको प्राथमिकताका क्षेत्रमा सहयोग गर्न तयार रहेको बताउनुभयो ।राजदूत चाङले परम्परागत चिकित्सा प्रणाली, जनस्वास्थ्य, पूर्वाधार तथा खाद्य स्वच्छताका विविध क्षेत्रमा क्षमता अभिवृद्धि एवं प्राविधिक सहयोग गर्न सकिने प्रस्ताव राख्नुभयो । भेटमा सरकारका उच्च अधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206