२० मंसिर २०८२, शनिबार

सेयर बजार उच्च अंकले घट्यो

Logo
Pulse Khabar आइतबार, बैशाख २३, २०८१

काठमाडौं । साताको पहिलो दिन आज सेयर बजार २४.५८ अंकले घटेर १९७४ अंकमा आएको छ । आज कारोबार रकम पनि घटेको छ । ४२ कम्पनीको मूल्य बढ्दा १९६ को घट्यो भने ७ को स्थिर रह्यो ।

बिहीबार ४ अर्ब १३ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७९ करोडमा खुम्चियो । माइक्रोफाइनान्स र निर्जीवन बीमा झिनो अंकमा हरियो रहे भने अरु सबै समूगत सूचक घटे । माइक्रोफाइनान्स ६.८ र निर्जीवन बीमा ४ अंक बढे । विकास बैंक, फाइनान्स र उत्पादन समूह २ प्रतिशतभन्दा धेरै घटे ।

बैंकिङ ११, विकास बैंक १०९, फाइनान्स ४४, होटल तथा पर्यटन ८५, हाइड्रोपावर ३८, जीवन बीमा १७३, उत्पादन १५५, अन्य १३, ब्यापार १३ अंक घटे । दोल्ती पावरको ९.५, साधना लघुवित्तको ८.७, समता लघुवित्तको ८.७, आरएसडीसी लघुवित्तको ३.७ प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै पिपुल्स पावरको ९.९, सिंगटी हाइड्रोपावरको ७.५, हिमालयन डिस्टिलरीको ६.३, जानाकी फाइनान्सको ५.६, बोटलर्स नेपाल तराईको मूल्य ५.२ प्रतिशत घट्यो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206