१७ जेठ २०८३, आइतबार

कटारीमा खानेपानीको हाहाकारः दमकलबाट पानी वितरण गर्दै नगरपालिका

Logo
Pulse Khabar आइतबार, जेठ १७, २०८३

कटारी:यहाँको कटारीमा खानेपानीको अभाव भएको छ । कटारी नयाँ खानेपानी तथा उपभोक्ता संस्थाले एक सातादेखि मोटरमा समस्या आएको भन्दै पानी दिन नसकेपछि पिउने पानीको समस्या भएको हो । कटारी नगरपालिका–३, ४ र ५ मा पानीको समस्या देखिएको हो ।

यसैबीच, गर्मीमा खानेपानी अभाव भएपछि कटारी नगरपालिकाले आजदेखि नगरको दमकलबाट पानी वितरण सुरु गरेको छ । “स्थानीयलाई गर्मीमा पिउने पानीको समस्या नहोस् भनेर दमकलबाट टोलटोलमा पानी वितरण सुरु गरेका छौँ”, नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले भन्नुभयो, “उपभोक्ता संस्था देखिएको प्राविधिक समस्या समाधान गरी नियमित पानी वितरण गर्न अझै समय लाग्ने भएपछि दमकलले पानी पु¥याउन थालेका हौँ ।”आज बिहान कटारी–४ डाँडाटोलका स्थानीय पानी अभाव भएको भन्दै रित्तो गाग्रीसहित पानी माग्न नगरप्रमुखको घर पुगेका थिए । “पानी नभएर शौचालय जान, दैनिक कार्य गर्न, खाना पकाउन तथा पिउन पनि समस्या हुन थालेपछि हामी नगरप्रमुखको घर गएका हौँ”, स्थानीय केदार रानामगरले भन्नुभयो, “यस्तै अवस्था रहिरहे खाना खाने थाल धुन पनि पानी अभाव हुनेछ ।”कटारी बजारका होटलसहित स्थानीयलाई समस्या भएको रानामगरको भनाइ छ ।

अटो रिक्सामार्फत खोलाबाट पानी ल्याएर अन्य काम चलाउनुपर्ने बाध्यता रहेको भन्दै पिउने पानीका लागि नगरले तत्काल वैकल्पिक व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । खानेपानी आयोजनाको मोटर (पानी तान्ने उपकरण) पटकपटक बिग्रिँदा समस्या आउने गरेको भन्दै विकल्पमा अर्को मोटर राख्नुपर्ने स्थानीयको माग छ ।संस्थाका अध्यक्ष विष्णु पौडेलले नयाँ मोटर ल्याउन लागिएको जनाउँदै सम्भवतः भोलि दिउँसोसम्ममा आइपुग्ने बताउनुभयो । सोमबार मोटर आएमा बेलुकासँग जडान गरी मङ्गलबारदेखि नियमित पानी वितरण गरिने उहाँले जानकारी दिनुभयो ।“मोटर भारतबाट ल्याउन लागिएको थियो । उक्त मोटर विराटनगर भन्सारमा रोकिएपछि काठमाडौँबाट अर्को मगाएका छौँ । सोही कारणले केही ढिलाइ भएको हो । मङ्गलबारसम्म यो समस्या समाधान हुनेछ”, अध्यक्ष पौडेलले भन्नुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206