१७ जेठ २०८३, आइतबार

विराटनगरमा ऐतिहासिक “सनातन सम्मेलन” हुने तयारी

Logo
नवलप्रसाद उपाध्याय शुक्रबार, जेठ १५, २०८३

बिराटनगर : आगामी २०८३ आषाढ ६ गते भव्य रूपमा आयोजना हुन गइरहेको “सनातन सम्मेलन” को तयारी तीव्र पारिएको छ। धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक जागरणको उद्देश्यसहित आयोजना हुन लागेको उक्त सम्मेलनमा १० हजारभन्दा बढी श्रद्धालु तथा सर्वसाधारणको सहभागिता रहने आयोजकले जनाएको छ।

सम्मेलनले सनातन धर्मको संरक्षण, सामाजिक सद्भाव तथा पूर्वीय संस्कृतिको प्रवर्द्धनमा विशेष सन्देश दिने अपेक्षा गरिएको छ। विराटनगरलाई धार्मिक तथा सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यका साथ आयोजना हुन लागेको कार्यक्रममा नेपाल तथा भारतका प्रतिष्ठित धर्मगुरुहरूको विशेष उपस्थिति रहनेछ।

सम्मेलनको प्रमुख आकर्षणका रूपमा भारतको प्रसिद्ध जुना अखाडाका परम पूजनीय आचार्य महामण्डलेश्वर स्वामी अव्धेशानंद गिरिको आगमन रहनेछ। उहाँले सनातन धर्म, मानवता, नैतिकता तथा आध्यात्मिक जीवनशैलीका विषयमा आशीर्वचन प्रदान गर्ने कार्यक्रम रहेको छ। स्वामी अवधेशनन्द गिरिजी अन्तर्राष्ट्रिय रूपमा परिचित आध्यात्मिक व्यक्तित्वका रूपमा चिनिनुहुन्छ।

त्यसैगरी, आत्माराम लिङ्ग्देन को पनि विशेष उपस्थिति रहने आयोजकले जानकारी दिएको छ। किरात धर्मगुरु आत्मानन्द लिङ्देनले धार्मिक सहिष्णुता, संस्कृतिको संरक्षण तथा राष्ट्रिय एकताको विषयमा आफ्ना धारणा राख्ने कार्यक्रम तय गरिएको छ।

यसैगरी बौध महासंघ नेपालका अध्यक्ष फुपु छेम्बे शेर्पाको पनि कार्यक्रममा सहभागिता रहनेछ। उहाँबाट बौद्ध दर्शन, शान्ति, मानव कल्याण तथा धार्मिक सद्भावका विषयमा विशेष आशीर्वाद वचन प्रदान गरिने आयोजकले जनाएको छ।

सम्मेलनमा हिन्दु, किरात तथा बौद्ध धर्मका आध्यात्मिक अगुवाहरू एउटै मञ्चमा उपस्थित हुने भएकाले धार्मिक सहअस्तित्व र राष्ट्रिय एकताको सन्देश प्रवाह हुने विश्वास गरिएको छ। कार्यक्रममा भजन–कीर्तन, धार्मिक प्रवचन, सांस्कृतिक प्रस्तुति तथा विशेष पूजाआजा समेत समावेश गरिनेछ।

आयोजक समितिका अनुसार सम्मेलनमा नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत श्रद्धालुहरू आउने अपेक्षा गरिएको छ। सुरक्षा, यातायात, स्वास्थ्य सेवा तथा व्यवस्थापनका सम्पूर्ण तयारीलाई अन्तिम चरणमा पुर्‍याइएको जनाइएको छ।

“सनातन सम्मेलन” लाई विराटनगरकै ऐतिहासिक धार्मिक कार्यक्रमका रूपमा हेरिएको छ। यस कार्यक्रमले धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै समाजमा नैतिक मूल्य, सद्भाव र आध्यात्मिक ऊर्जाको विस्तार गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206