१७ जेठ २०८३, आइतबार

महिलाहरूका लागि निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर सम्पन्न

Logo
Pulse Khabar शुक्रबार, जेठ १५, २०८३

विराटनगर: महिलाहरूलाई लक्षित गरी सुनसरीको बर्जू गाउँपालिकामा पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना शिविर सम्पन्न भएको छ ।

उद्योग संगठन मोरङ, महिला उद्यम समितिको आयोजना तथा विराट नर्सिङ होमको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो । शिविरमा नर्सिङ होमका वरिष्ठ स्त्रीरोग विशेषज्ञ (गाइनोलोजिस्ट) डा. दीपक यादवको नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक परामर्श प्रदान गरेको थियो ।कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले स्वस्थ महिला, स्वस्थ परिवार र समृद्ध समाजको आधार भएको बताए । उनले महिलाहरू आफ्नो स्वास्थ्यप्रति सजग हुनुपर्नेमा जोड दिँदै नियमित स्वास्थ्य परीक्षण गराउने बानीको विकास गर्न आग्रह गरे । त्यस्तै, उद्योग संगठन मोरङ महिला उद्यम समितिकी इन्चार्ज किरण ब्यासले समितिले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सचेतनामूलक तथा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जानकारी दिइन् ।समितिकी संयोजक जयन्ती आचार्यले महिलाहरूमा क्यान्सर जस्ता गम्भीर रोगप्रति सचेतना जगाउन, समयमै रोगको पहिचान गर्न र आवश्यक उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले शिविर आयोजना गरिएको बताइन् ।

बर्जू गाउँपालिकाका अध्यक्ष जीवछकुमार रायले महिलाहरूको स्वास्थ्य संरक्षण स्थानीय तहको प्रमुख प्राथमिकतामध्ये एक भएको उल्लेख गरे । उनले यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका महिलाहरूमा स्वास्थ्य सचेतना फैलाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । गाउँपालिका उपाध्यक्ष नीतुकुमारी चौधरीले स्वास्थ्य सुरक्षाप्रति महिलाहरूमा सकारात्मक सोचको विकास हुनुपर्ने बताउँदै शिविरमा सहभागी महिलाहरूलाई आफ्नो स्वास्थ्यप्रति सधैँ सचेत रहन आग्रह गरिन् ।नर्सिङ होमकी प्रतिनिधि एवं महिला समिति सदस्य विमला थापाले स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच हुनुपर्ने बताइन् । उनले ग्रामीण क्षेत्रका महिलाहरूलाई लक्षित गरी आगामी दिनमा अन्य स्थानहरूमा यस्ता स्वास्थ्य शिविरहरू गर्ने जानकारी दिइन् । शिविरबाट बर्जू क्षेत्रका ठुलो संख्यामा महिलाहरू लाभान्वित भएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206