१७ जेठ २०८३, आइतबार

खुसीको खबरः नर्सिङ कर्मचारीको रात्रि ‘ड्युटी’ भत्ता दोब्बर

Logo
Pulse Khabar शुक्रबार, जेठ १५, २०८३

काठमाडौँ: सरकारले नर्सको रात्रिकालीन भत्ता दोब्बर बनाएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज प्रस्तुत गर्नुभएको बजेटमा नर्सिङ कर्मचारीको रात्रि ‘ड्युटी’ भत्ता दोब्बर गरिएको उल्लेख छ ।

बजेटमा कर्णाली प्रदेशमा दुर्गम स्थानमा ‘एयर एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याइने उल्लेख गरिएको छ । एक नागरिक एक ‘डिजिटल प्रोफाइल’
बजेटमा सबै अस्पतालमा ‘रियल टाइम’ अनुगमनका लागि ‘एक नागरिक एक डिजिटल’ प्रोफाइल प्रणाली कार्यान्वयनमा ल्याउने उल्लेख छ । सहकारी र निजी क्षेत्रको सहकार्यमा सबै स्वास्थ्य संस्थामा सुलभ फार्मेसी सञ्चालन गर्ने बजेटमा घोषणा गएिको छ । यसअघि सरकारले सरकारी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन गरिसकेको छ । सरकारले राष्ट्रिय औषधि प्रयोगशालाको स्तरोन्नति गरिनेछ । बजेटमा चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सरको उपचारका लागि ‘पेटस्क्यान’ मेसिन खरिद गर्ने उल्लेख गरिएको छ । उक्त मेसिन खरिदका लागि ३२ करोड विनियोजन गरिएको छ ।

राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बूढानीलकण्ठ तथा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर र पोखरास्थित प्राकृतिक तथा वैकल्पिक चिकित्सा अस्पताल सञ्चालनमा ल्याई आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई पर्यटनसँग जोड्ने बजेटमा उल्लेख गरिएको छ ।मधेस प्रदेशको नारायणी अस्पताल, गजेन्द्रनारायण सिंह अस्पताल र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास कार्य अघि बढाइने बजेटमा उल्लेख गरिएको छ । महिला स्वास्थ्य स्वयमसेविकालाई प्रदान गरिँदै आएको यातायात खर्चमा ५० प्रतिशतले वृद्धि गरिएको बजेटमा उल्लेख छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206