१४ जेठ २०८३, बिहिबार

दक्षिण लेबनानमा इजरायल र हिजबुल्लाहबीच भीषण झडप, १२ जनाको मृत्यु

Logo
Pulse Khabar बुधबार, जेठ १३, २०८३

इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच दक्षिण लेबनानको रणनीतिक महत्व बोकेको लितानी नदी क्षेत्रमा मङ्गलबार तीव्र झडप भएको छ । इजरायली सेना थप उत्तरतर्फ अघि बढ्दै गएपछि दुवै पक्षबीच तनाव झन् बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम पछिल्ला दिनहरूमा कमजोर बन्दै गएको देखिएको छ । यही अवस्थाले क्षेत्रीय शान्ति प्रयासलाई थप जटिल बनाएको विश्लेषण गरिएको छ । इरानले लेबनानमा जारी सङ्घर्ष अन्त्यसमेत समेटिने गरी व्यापक सम्झौता हुनुपर्ने अडान राख्दै आएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले रक्षा अधिकारीहरूसँगको बैठकपछि लेबनानमा सैन्य कारबाही अझ विस्तार गरिने बताउनुभएको छ । उहाँले इजरायली सेना दक्षिण लेबनानका रणनीतिक क्षेत्रहरू नियन्त्रणमा लिन सक्रिय रहेको उल्लेख गर्दै उत्तरी सीमावर्ती बस्तीलाई हिजबुल्लाहको रकेट तथा ड्रोन आक्रमणबाट जोगाउन यस्तो कदम आवश्यक रहेको दाबी गर्नुभयो ।

यसैबीच, इजरायली सेनाले दक्षिण लेबनान र पूर्वी बेका क्षेत्रमा रातभर १०० भन्दा बढी हिजबुल्लाह लक्ष्यमा हवाई आक्रमण गरेको जनाएको छ । ती आक्रमणमा हतियार भण्डारण स्थल, कमाण्ड केन्द्र तथा निगरानी चौकीहरू निशाना बनाइएको बताइएको छ । लेबनानको सरकारी समाचार एजेन्सीका अनुसार, पूर्वी गाउँ मश्घारामा गरिएको एक हवाई आक्रमणमा एउटै परिवारका सदस्यसहित कम्तीमा १२ जनाको मृत्यु भएको छ । घटनापछि प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको छ । दक्षिण लेबनानको अवस्था लगातार तनावपूर्ण बन्दै गइरहेको छ भने युद्धविराम पूर्ण रूपमा विफल हुने खतरा बढ्दै गएको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206