१८ बैशाख २०८२, शुक्रबार

भोजपुर दुर्घटना : दुई जनाको मृत्यु, १२ घाइते (नाम सहित )

Logo
Pulse Khabar सोमबार, बैशाख १७, २०८१

भोजपुर, १७ बैशाख । भोजपुरको दक्षिणमा रहेको आमचोक गाउँपालिकाको केन्द्र बालंखाबाट मैयुटार जाँदै गरेको वुलेरो दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १२ जना गम्भीर घाइते भएका छन । यात्रुहरुसवैको पहिचान खुलेको छ ।

१४ जना यात्रु लिएर सोमवार बिहान बांलखाबाट हिडेको को १ ज २६१७ नम्बरको बुलेरो गाडी दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ भने गम्भीर घाइते १२ जनाको धरान स्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी दल कुमार राईले जानकारी दिनुभयो । घाइतेहरुलाई उपचारका लागि पानी जहाज मार्फत चतरा हुदै धरान पठाइएको थियो ।

प्रहरी निरीक्षक राईका अनुसार आमचोक गाउँपालिका वडा नम्वर १० का २७ बर्षिया रुना राईको घटनास्थलमा नै मृत्यु भएको हो । यस्तै ३६ बर्षीया शान्ति राईको उपचारको क्रममा धरानमा मृत्यु भएको छ । बोलेरो गाडी दूधकोशी नदी किनारमा खसेर दुर्घटना भएको हो ।

धरान ५ की ७ वर्षीया आशिका राई, ५० वर्षीय खानुहाङ राई, आमचोक गाउँपालिका १० का सफल राई, वीरबहादुर राई, ३० वर्षीय सुमन राई, ६ वर्षिया सृष्टि राई, ३१ वर्षीया सरस्वती राई, छ महिनाका बालक अनरुप राई घाइते भएका छन् । यस्तै बोलेरो चालक ३६ का प्रकाश राई, धरान १३ का १३ वर्षीय साईमन राई, १३ वर्षीया लिजा राई, धरान ५ की ३५ वर्षीया सृजना राई रहेका छन् ।

 

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206