काठमाडौँ:स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा एक हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने दुई लाख ९० हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा २०रुपैयाँले बढेको छ । मङ्गलबार प्रतितोला पाँच हजार ६०रुपैयाँ मा कारोबार भएको चाँदी आजका लागि भने पाँच हजार ८० रुपैयाँ निर्धारण भएको छ ।
