१९ साउन २०८२, सोमबार

इलाममा सुहाङको अग्रता, काँग्रेस पर्याे पछि

Logo
Pulse Khabar आइतबार, बैशाख १६, २०८१

प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपचुनावको अहिलेसम्म भएको मत गणनामा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता लिनु भएको छ । नेपाली काँग्रेसका डम्बर खड्कालाई पछि पार्दै अग्रता लिनु भएको हो ।

फाकफोकथुम गाउँपालिकाको वडा नम्बर ४ मा पुग्दा नेकपा एमालेमा सुहाङ नेम्वाङले अग्रता लिनु भएको हो । १, २ र ३ नम्बरमा कांग्रेसका डम्बरले लिएको अग्रता रोक्दै सुहाङ अगाडि बढ्नु भएको हो । वडा नम्बर ४ को समेत गणना सकिँदा एमालेको २५४२ मत पाएको छ ।

कांग्रेसको २१९७ मत छ । त्यस्तै स्वतन्त्र उम्मेदवार डाकेन्द्र थेगिमले ५९३ र रास्वपाका मिलन लिम्बुले ३७९ मत पाउनुभएको छ । वडा नम्बर ४ को गणना सकिदा सुहाङले तीन वटा वडाको २८ मत तिरेर ३४५ ले अग्रता लिनुभयो । फाकफोकथुम १,२,३,४ जम्मा वडा को ५ हजार ७७८ मत गणना भएको हो ।

अहिले फाकफोकथुमनको वडा नम्बर ५ को मतगणना जारी छ । इलाम नगरपालिका–७ मा रहेको गौतमबुद्ध सभागृहमा मतगणना भइरहेको छ । हिजो सम्पन्न मतदानमा ५९ दशमलव ७९ प्रतिशत अर्थात् ६९ हजार २ सय ८७ मत खसेको छ ।

इलाम–२ बाट निर्वाचित नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त पदमा उपचुनाव भएको हो । उपचुनावमा १८ जना उम्मेदवार छन् ।

यस्तै बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर–१ (क) मा भएको उपचुनावको मतगणना पनि जारी छ । बझाङमा नेकपा एमालेले अग्रता लिइरहेको छ । कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उपचुनाव भएको हो ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206