११ जेठ २०८३, सोमबार

माझी समुदायका महिलालाई आत्मनिर्भर बनाउन गलैँचा बुनाइ तालिम

Logo
Pulse Khabar सोमबार, जेठ ११, २०८३

चौतारा:सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१३ स्थित रातोमाटे माझी बस्तीका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले ४५ दिने गलैँचा बुनाइ तालिम सुरु गरिएको छ ।

दलित सशक्तीकरण समाज चौतारा साँगाचोकगढी–१३ को आयोजनामा ‘उद्यम गरौँ, आत्मनिर्भर बनौँ’ भन्ने नारासहित सञ्चालन गरिएको तालिम असार १४ गतेसम्म सञ्चालन हुने नगरपालिकाका उद्यम शाखा प्रमुख अर्जुन गहतराजले जानकारी दिनुभयो । विपन्न तथा पिछडिएको समुदायका महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले तालिमलाई नगरपालिकाको महिला विकास शाखाले आर्थिक सहयोग गरेको छ ।नगरपालिकाको उपप्रमुख सीता थापाले सीपमूलक तालिमले माझी समुदायका महिलाको आर्थिक अवस्था सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाका शाखा अधिकृत पेशलकुमार पोखरेलले आर्थिक रूपमा कमजोर र अवसरबाट टाढा रहेका समुदायलाई प्राथमिकतामा राखेर रातोमाटे माझी बस्ती छनोट गरिएको बताउनुभयो । उहाँले तालिमसँगै उत्पादन र आम्दानी जोड्ने लक्ष्य राखिएको राखिएको समेत बताउनुभयो ।

तालिममा सहभागी महिलाले सीप सिकेर घरमै बसेर आम्दानी गर्ने अवसर मिल्ने अपेक्षा गरेका छन् । बस्तीमा रोजगारी तथा आयआर्जनका अवसर न्यून भएकाले यस्ता कार्यक्रम प्रभावकारी हुने सीता माझीको विश्वास छ । स्थानीय आइते माझीका अनुसार नगरपालिका क्षेत्रमा परे पनि रातोमाटे माझी बस्ती अझै आधारभूत सेवा सुविधाबाट टाढा छ । तेह्र घरधुरी रहेको बस्तीमा हालसम्म एसइई उत्तीर्ण गर्ने विद्यार्थीसमेत नभएको उहाँको भनाइ छ । कक्षा पाँचभन्दा माथिको अध्ययनका लागि विद्यार्थीले तीन घण्टा पैदल हिँडेर इन्द्रावतीको बडहरे पुग्नुपर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ । स्वास्थ्य सेवाको पहुँच पनि कमजोर रहेको बस्तीवासीको गुनासो छ । बालबालिकालाई नियमित खोप लगाउनसमेत तीन घण्टा पैदल हिँडेर कोडडाँडा पुग्नुपर्ने अवस्था अझै कायम रहेको उनीहरूले बताएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206