

इलाम २ को मतगणना जारी रहँदा कांग्रेस उम्मेदवार डम्बर खड्काको अग्रता कायमै रहेको छ । फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ को मतगणना सकिँदा खड्काले ११४५ मतका साथ अग्रता कायम गरिरहनु भएकोछ । खड्कालाई पच्छाउँदै एमालेका सुहाङ नेम्वाङले मतान्तर घटाइरहनु भएको छ ।
एमालेका सुहाङ नेम्वाङले १०६३ रहेको छ । यसअघि वडा नम्बर १ मा डेढ सय बढीको अग्रता लिनुभएका खड्का वडा नम्बर २ मा पुग्दा ८२ मतले अगाडि हुनुहुन्छ । २ नम्बर वडामा सुहाङले कांग्रेसको भन्दा बढी मत पाएपछि अग्रता साँघुरिएको हो । सो वडाबाट एमालेले ५२९,कांग्रेसले ४८८, स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले १२४ र रास्वपाका मिलन लिम्बुले ९४ मत पाउनुभएको छ । दुवै वडाको मत गणना सकिदा कांग्रेस ११४५,एमाले १०६३, मुडा ३११ र घण्टीले २०९ मत पाएका छन् ।