१८ बैशाख २०८२, शुक्रबार

काँग्रेस-एमाले मिलेर साना दल हटाउन गगन थापाको आग्रह

Logo
Pulse Khabar मंगलबार, बैशाख ०४, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा एमाले र काँग्रेस मिलेर साना दलहरु नै नरहने अवस्थामा पुर्याउनु पर्ने बताउनु भएको छ ।

समुदायमा कांग्रेस अभियान अन्तर्गत धनगढीमा रेशम रन्जिता विवादतर्फ सङ्केत गर्दै उहाँले साना पार्टीका कारण घर झगडा बढिरहेको टिप्पणी गर्नुभयो । उहाँले
‘पार्टीका कारण घर झगडा बढिरहेको भन्दै साना दोकानहरू बन्द गराउनुपर्ने अवस्था आएको बताउनुभयो ।

थापाले नेपाली कांग्रेसले आगामी एक वर्ष सम्म सरकारमा जान नहुने धारणा राख्नु भयो । नेतापाले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग पनि तालमेल नगर्ने र एमालेले पनि गर्न नहुने बताए । निर्वाचन प्रणाली बदल्नु पर्ने उहाँको भनाइ छ ।

उहाँले ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । पूर्वी नेपालबाट सुरु भएको समुदायका कांग्रेस अभियान कञ्चनपुरमा आज सकिँदै छ । उहाँले पार्टीको एजेन्डा विकास र सुशासन रहेको बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206