०७ जेठ २०८३, बिहिबार

अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन

Logo
Pulse Khabar बुधबार, जेठ ०६, २०८३

अमेरिका: अमेरिकाको कोलोराडोमा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजना तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा यही मे २२ देखि २४ तारिखसम्म नवौँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन आयोजना हुने भएको छ । सम्मेलनमा नेपालसहित विश्वका विभिन्न मुलुकबाट करिब १२५ जना साहित्यकार, लेखक तथा पत्रकारको सहभागिता रहने जनाइएको छ । साथै, कोलोराडो राज्यमा रहेका ५० भन्दा बढी स्रष्टा तथा साहित्यप्रेमीहरूको पनि सम्मेलनमा उपस्थिति रहने अनेसासले जनाएको छ ।

अनेसासका महासचिव राजु सिटौलाले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । सम्मेलनमा ५३ हजार अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ । मे २२ मा सम्मेलनका सहभागीहरूलाई स्वागत तथा विशेष रात्रिभोज आयोजना गरिनेछ भने सम्मेलनको औपचारिक उद्घाटन मे २३ मा हुनेछ । सम्मेलनको पहिलो दिन ‘इतिहासमा आख्यान र आख्यानमा इतिहास’ शीर्षकमा मदन पुरस्कार विजेता नीलम कार्की निहारिका, पत्रकार तथा लेखकद्वय सुधीर शर्मा र बसन्त बस्नेतबीच विशेष बहस कार्यक्रम सञ्चालन हुनेछ । उक्त सत्रको सहजीकरण पत्रकार नारायण श्रेष्ठले गर्नुहुनेछ ।

मे २३ र २४ मा सञ्चालन हुने विभिन्न सत्रहरूमा ख्यातिप्राप्त साहित्यकार तथा लेखकहरूबीच साहित्यका विविध विधामा बहस, छलफल तथा अन्तरक्रिया आयोजना गरिनेछ । सम्मेलनका दुई दिन बिहान योग अभ्यास तथा साँझ काव्य उत्सवसमेत आयोजना गर्ने गरि कार्यक्रम तय गरिएको छ । सम्मेलनको अन्तिम दिन विभिन्न सहयोगी व्यक्ति तथा सङ्घ संस्थाहरूलाई सम्मान गरिने नवौँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलनका मिडिया संयोजक दीर्घराज उपाध्यायले बताउनुभयो । सम्मेलनका अवसरमा विभिन्न जातजाति तथा समुदायका सांस्कृतिक झाँकी, लोकसंस्कृति तथा सांगीतिक कार्यक्रमसमेत प्रस्तुत गरिनेछन् ।

संयोजक उपाध्यायका अनुसार सम्मेलनको अन्तिम दिन सहभागी अतिथिहरूलाई कोलोराडोका ऐतिहासिक तथा पर्यटकीय गन्तव्यहरूको भ्रमण गराउने कार्यक्रमसमेत तय गरिएको छ । प्रवासी भूमिमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन नेपाली साहित्यिक जगत्को महत्वपूर्ण साझा मञ्चका रूपमा स्थापित हुँदै गएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206