०७ जेठ २०८३, बिहिबार

कङ्गोमा इबोलाको बढ्दो प्रकोपप्रति विश्व स्वास्थ्य सङ्गठन (WHO) द्वारा गहिरो चिन्ता व्यक्त

Logo
Pulse Khabar मंगलबार, जेठ ०५, २०८३

एजेन्सी:विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले कङ्गो लोकतान्त्रिक गणतन्त्रमा फैलिएको इबोला प्रकोप बारे चिन्ता व्यक्त गरेका छन्। उनले पछिल्लो समयमा युगान्डामासमेत फैलिरएको इबोला प्रकोपका कारणले १३१ जनाको मृत्यु भएको बताएका छन् ।

डब्ल्यूएचओका प्रमुख गेब्रेयससले यस अघि आइतबार इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चिन्ताको विषय भन्दै सार्वजनिक स्वास्थ्य आपतकाल (पीएचईआईसी) घोषणा गर्नु भएको थियो ।जेनेभामा विश्व स्वास्थ्य सभामा बोल्दै उनले इबोलाको महामारीको परिमाण र गतिको बारेमा चिन्तित रहेकाले आतपकालको घोषण गरेको जनाए ।उनले आवाश्यक सल्लाहका लागि मङ्गलबार पछि एजेन्सीको आपतकालीन समिति बोलाउने बताएका छन् ।कङ्गोका स्वास्थ्य मन्त्रीले गत हप्ताको अन्त्यमा घोषणा गरिएको इबोला प्रकोपबाट १३१ जनाको मृत्यु भएको उल्लेख गर्दै ५१३ जना सङ्क्रमित भएको बताएका छन् ।कङ्गोको उत्तरपूर्वी इटुरी प्रान्तमा अहिले सम्म ३० जना इबोला संक्रमित भएको पुष्टि भएको टेड्रोसले बताएका छन् । युगान्डाले पनि डब्लूएचओलाई राजधानी कम्पालामा दुई जनामा सङ्कमण पुष्टि भएको जानकारी दिएको छ, जस मध्ये एक जनाको मृत्यु भएको डब्लुएचओको वार्षिक बैठकमा बताइएको छ ।उनले एक जना अमेरिकी नागरिकमा सङ्कणको रिपोर्ट सकारात्मक पुष्टि भए पछि जर्मनीमा सारिएको अमेरिकाले रिपोर्ट गरेको बताएका छन् ।सङ्क्रमणको पुष्टि भएका मामिलाहरूको सङ्ख्या र क्षेत्र बढ्दै जाँदा सङ्क्रमितको सङ्ख्या अझै बढ्ने बताउदै टेड्रोसले सङ्क्रमण पत्ता लगाउने प्रयोगशाला र परीक्षणलाई सुदृढ पार्नु आवाश्यक रहेको बताएका छन् ।

उनले कम्पाला लगायतका सहरी क्षेत्रहरूका, साथै कङ्गोली सहर गोमामा सङ्क्रमणका घटनाहरू रिपोर्ट गरिएको बताउदै यस क्षेत्रमा उल्लेखनीय जनसङ्ख्याको आवागमन भएको पनि औंल्याएका छन् ।इटुरी प्रान्त अत्यधिक सङ्मणबाट असुरक्षित रहेको बताउदै उनले पछिल्लो समयमा बढ्दो द्वन्द्वले यस क्षेत्रमा एक लाख भन्दा बढी मानिसहरूलाई नयाँ विस्थापित भएको बताएका छन् ।उनले स्वास्थ्य कार्यकर्ताहरूको समेत इबोला सङ्क्रमणको कारण मृत्यु भएको रिपोर्ट गरिएको उल्लेख गरेका छन् ।टेड्रोसले महामारी बुन्डिबुग्यो स्ट्रेन, इबोला भाइरसको एक प्रजाति भएको बताउदै यसको लागि कुनै खोप वा उपचार नभएको कारणले उच्च सतर्कता अपनाउनु पर्ने बताएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206