०७ जेठ २०८३, बिहिबार

विराटनगर–किमाथाङ्का सडकः खुल्यो ट्र्याक, जोडिए भारत र चीन

Logo
Pulse Khabar मंगलबार, जेठ ०५, २०८३

विराटनगर:राष्ट्रिय गौरव आयोजना विराटनगर रानी–संखुवासभा किमाथाङ्का सडक सञ्जालमा जोडिएको छ । उत्तर–दक्षिण कोशी (सडक) आयोजना अन्तर्गत संखुवासभाको खाँदवारीदेखि भोटखोला गाउँपालिकाको किमाथाङ्कासम्मको व्यापारिक मार्ग जोडिएको हो । योसँगै चीन–नेपाल–भारत सडक सञ्जालमा गाँसिएका छन् । यो तीन देशलाई जोड्ने सबैभन्दा छोटो दुरीको सडक हो ।

सडकमा जोडिएपनि यसको व्यापारिक प्रयोग भने अहिले संभावना छैन । अझै स्तरोन्नतीको काम भने बाँकी रहेको छ । आयोजना प्रमुख रामबहादुर गुरुङले च्याम्ताङदेखि घोङ्गम्पासम्मको १०.८१ किलोमिटर सडकको ट्रयाक खोलिएसँगै सडक मार्गमा सवारी गुड्न थालेको बताएका छन् । यो दुरीमा शंखेभीर तोड्न नेपाली सेनालाई दिइएको थियो । नेपाली सेनाले गत बैशाख २८ गते उक्त कार्य सम्पन्न गरेर आयोजनालाई सडक हस्तान्तरण गरेको छ । त्यसपछि घोङ्गम्पादेखि किमाथाङ्कासम्मको १२ किलोमिटर सडक,आयोजनाले मर्मत गरेको थियो। रानी किमाथाङ्का सडकको दुरी ३४५ किलोमिटर रहेको छ । यद्यपी आयोजनाले अहिले नयाँ दुरी ३४० किलोमिटर कायम भएको जानकारी दिएको छ । अझै ७ किलोमिटर दुरी घट्ने अनुमान गरिएको छ । यसो हुँदा रानी–किमाथाङका सडकको दुरी ३३३ किलोमिटर हुनेछ । तर, यसको नयाँ दुरी कायम हुन बाँकी रहेको छ । आर्थिक वर्ष २०६५÷२०६६ सालदेखि सुरु भएको यो सडकको रानी–खाँदबारी खण्डको १८३ किलोमिटर यस अगाडी नै सम्पन्न भएर सडक विभाग अन्तर्गत डिभिजन सडक कार्यालयको मातहतमा गइसकेको आयोजना प्रमुख गुरुङले जानकारी दिनुभयो । अहिले उत्तर–दक्षिण (कोशी) सडक आयोजना अन्तर्गत खाँदबारी–किमाथाङ्काको १६२ किलोटिमरमा विभिन्न चरणका काम भइरहेका छन् । चालु आर्थिक वर्षका लागि समेत ६१ करोड बजेट बिनियोजन भएकोमा हालसम्म ६५ प्रतिशत वित्तिय प्रगति भएको प्रमुख गुरुङले जानकारी दिनुभयो । तर, अब सडकको ट्रयाक खोल्ने काम बाँकी नरहेकोले स्तरोन्नतीतर्फका कामहरु सुरु हुनेछन् ।हालसम्म खाँदबारीदेखि देउरालीसम्मको २८ किलोमिटर दुरी कालोपत्रे भइसकेको छ । देउरालीबाट मकालु गाउँपालिकाको नुम (बरुण)सम्मको ५२ किलोमिटर ग्राभेल र बरुणदेखि च्याङतानेसम्मको ५४ किलोमिटर सडक ग्राभेलमा स्तरोन्नती गर्ने काम भइरहेको आयोजना प्रमुख गुरुङले जानकारी दिनुभयो ।

अब ट्रयाक खोलिएको च्याङतानदेखि गोङखम्बा १०.८१ किलोमिटर र गोङखम्बादेखि किमाथाङका १२ किलोमिटर समेत स्तरोन्नतीको प्रक्रियामा जाने उहाँको भनाई थियो । ‘बाह्रैमास पानीका कारण काम गर्न कठिन छ’आयोजना प्रमुख गुरुङले भन्नुभयो–कालोपत्रे गर्न साइत नै जुराउनुपर्छ, ग्राभेलका लागि पनि घाम पर्खनुपर्ने हुन्छ ।
त्रिदेशीय व्यापारिक मार्ग निर्माणसँगै चिनको सिकात्सेसँग सिधा व्यापारिक सम्बन्ध जोडिने आशा गरिएको छ । किमाथाङ्कादेखि नजिकै रहेको चीनको छेन्दुङसम्म चिनिया रेलको सेवा विस्तार भईसकेको छ । त्यसको लाभ नेपालले लिनसक्ने संभावना देखाउँदै यो सडकमा राज्यले लगानी गर्दै आएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206