०८ माघ २०८२, बिहिबार

मुख्यमन्त्री कार्कीले राजीनामा दिएर मार्गप्रशस्त गर्ने गठबन्धनको विश्वास

Logo
Pulse Khabar मंगलबार, चैत्र २७, २०८०

विराटनगर । नेकपा एमाले र माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन समय दिने बताएका छन् ।

आज प्रदेशसभा सचिवालयमा संयुक्त पत्रकार सम्मेलन गर्दै दुई दलले मुख्यमन्त्री कार्कीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने धारणा सार्वजनिक गरेका हुन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत नलिए स्वतः पदमुक्त हुने संवैधानिक प्रावधान रहेको दाबी गर्नुभयो । उहाँले बहुमत प्रदेशसभा सदस्यले विश्वासको मत फिर्ता लिएकाले संविधानले तोकेको समयसिमाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने बताउनुभयो ।

यस्तै भण्डारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन हुने धारणा राख्नुभयो ।

भण्डारीले सरकार गठनका लागि प्रदेश प्रमुखलाई दबाब नभई अनुरोध गरेको बताउँदै भन्नुभयो ‘कोशी प्रदेशमा एमाले र माओवादीको माग १६८ को उपधारा २ अनुसार सरकार गठनको आह्वान होस् भन्ने हो । यो हाम्रो प्रदेश प्रमुखलाई आग्रह हो दबाब होइन ।’

उहाँले मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअघि नै राजीनामा दिएर राजनीतिक छवि उच्च बनाउने विश्वास रहेको भन्दै भन्नुभयो-  ‘हामीले प्रदेशसभामा संकल्प प्रस्ताव पेश गर्नु अघि नै उहाँले राजीनामा दिनुहुन्छ भन्ने लाग्छ । नभए बहुमत विपक्षमा हुने भएपछि उहाँले विश्वासको मत लिनुपर्छ ।’

भण्डारीले मुख्यमन्त्री कार्यालयले भन्दा अघि ५२ जना सांसदको हस्ताक्षर सहित आफूहरुले संसद अधिवेशनको माग गर्दै प्रदेश प्रमुखलाई पत्र बुझाएको भन्दै आफूहरुको माग अनुसार प्रदेश प्रमुखले संसद अधिवेशन डाक्ने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै माओवादीका सांसद दुर्गाप्रसाद चापागाईंले मुख्यमन्त्री केदार कार्की अल्पमतमा रहेकाले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताउनुभयो ।

उहाँले विपक्षी दलका सांसदले विशेष अधिवेशनको माग गरेपछि मुख्यमन्त्रीले चलाखीपूर्ण ढंगले जेठ ११ गते संसद अधिवेशन आह्वान गर्न गरेको सिफारिस लोकतान्त्रि विधि र पद्धति विपरीत भएको बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206