३१ बैशाख २०८३, बिहिबार

द्वन्द्वपीडित महिलाका लागि स्वरोजगारमुलक तालिम सुरु

Logo
Pulse Khabar बुधबार, बैशाख ३०, २०८३

काभ्रेपलाञ्चोक:द्वन्दबाट प्रभावित यहाँका महिलालाई आत्मनिर्भर तथा स्वरोजगारमुलक तालिम आयोजना गरिएको छ । तालिमार्फत स्वरोजगार बनाएर आत्मनिर्भर बनाउने उद्देश्यले बनेपामा एक महिने निःशुल्क बारिष्टा तालिम सुरु गरिएको हो ।

जिल्लास्थित द्वन्दपीडित महिला राष्ट्रिय सञ्जालको आयोजना तथा बाग्मती प्रदेश सरकार, सामाजिक विकास कार्यालय धुलिखेलको आर्थिक सहयोग तथा सुपरनोभा तालिम केन्द्रको प्राविधिक सहयोगमा सञ्चालन भएको उक्त तालिम १६० घण्टाको रहने जनाइएको छ । तालिममा ४० जना महिला सहभागी भएका छन् ।

एक महिनासम्म सञ्चालन हुने सो तालिमका सहभागीलाई बारिष्टासम्बन्धी व्यावसायिक सीप, कफी बनाउने कला, कफी मेसिन चलाउने तरिका, ग्राहक सेवा तथा आतिथ्यताबारे व्यावहारिक ज्ञान–प्रदान गरिने जनाइएको छ । द्वन्दपीडित महिलाको आर्थिक सशक्तिकरण र आत्मनिर्भरता अभिवृद्धिका लागि यस्तो सीपमूलक तालिम आयोजना गरिएको द्वन्दपीडित महिला राष्ट्रिय सञ्जालका जिल्ला संयोजक उषा अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार महिलालाई सीपसँग जोडेर आयआर्जनमा सक्षम बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206