

विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएका छन् । उनीहरुले सामूहिक रुपमा राजीनामा पत्र मुख्यमन्त्री केदार कार्कीलाई बुझाएका हुन् ।
केहीबेरअघि सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै माओवादी केन्द्रका मन्त्रीले मुख्यमन्त्री केदार कार्की समक्ष राजीनामा बुझाएका हुन् ।
माओवादीको तर्फबाट गणेश उप्रेती पर्यटन तथा वनमन्त्री, राजेन्द्र कार्की सामाजिक विकासमन्त्री र नारायण बुर्जामगर खानेपानी ऊर्जा तथा सिंचाइ मन्त्री हुनुहुन्थो । उहाँहरुले राजीनामा बुझाउनु भएको हो ।
यसअघि नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएका थिए । अब एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबीयुक्त निवेदन प्रदेश प्रमुखलाई बुझाउने तयारी दुई दलले गरिरहेका छन् ।
संविधानको धारा १६८ (५) अनुसार नियुक्त हुनु भएका मुख्यमन्त्री केदार कार्की केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि अल्पमतमा पर्ने प्रष्ट भएपनि नयाँ सरकार गठनको बाटोबारे दलहरूले निर्णय गर्न सकेका थिएनन् ।